काठमडौं । सचिवालय वैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डको आसन फेरीएको छ । यसअघिको बैठकमा प्रचण्डले अपमान बोध गरेपछि आसन फेरिएको हो । प्रचण्डले बुधबार बसेको सचिवालय बैठकमा आफू पनि अध्यक्ष नै भएको र प्रधानमन्त्री ओलीले आफ्नो अहंकार देखाएको भन्द्र आक्रोश व्यक्त गरेका थिए ।
गत बुधबारको बैठकमा प्रचण्डलाई ओलीको देब्रे तिरको सोफामा पहिलो स्थानमा र दाईने तिर सोही स्थानमा झनाथ खनाल बसेको देख्न सकिन्छ । आज बसेको बैठकमा प्रचण्ड र ओलीलाई समान किसीमको सजावटमा एउटै लहरमा देख्न सकिन्छ ।
नेकपा भित्रको विवाद चरम उत्कर्षमा पुगेको यो बेला प्रधानमन्त्री ओलीले हरेक नेताहरुलाई आ–आफ्नै शैलिमा फकाउने काम गरिरहेका छन् । बुधबार बसेको बैठकमा मात्र प्रधानमन्त्रीले कोरोना कहर सकिएपछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष दिने आश्वासन दिएर फकाएका थिए भने आजको बैठकमा अर्का अध्यक्ष प्रचण्डलाई उनकै लहरमा देख्न पाईन्छ ।


