गोरखा समाचारदाता
ताप्लेजुङ – ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारको छेउमा शुक्रबार राती भिषण आगालागी भएको छ ।
पुरानो बैैंक लाइन ट्याक्सी स्टेशनमा आगलागीबाट ७ घर जलेको छ । राती ९ः३० बजे भण्डारी खाजाघर छेउबाट सुरु भएको आगोले नेपाली कांग्रेसको पार्टी कार्यालय बसेको घरसम्म क्षेति पुरयाएको थियो ।
आगो नियन्त्रणका लागि फुङलिङ नगरपालिकाको दमकल, नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयको संयुक्त प्रयासमा आगो नियन्त्रमा लिईएको थियो । थुप्रै व्यक्तिगत घरहरु जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।




















