गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा पहिलो पटक देशैभरी हावाको प्रदुषण बसोबास योग्य अवस्थामा पुगेको छ ।
नेपाल सरकार र विभिन्न संस्थाहरुले गरेको अनुसन्धानमा नेपालमा पहिलो पटक हावाको प्रदुषण बसोबास योग्य देखिएको हो ।
प्रदूषण मापन केन्द्रका अनुसार ग्रीन सिग्नल अर्थात् मानिसको बसोबासका लागि हावाको प्रदुषण योग्य देखाएको जनाएको छ । नेपालमा सन् २०१६ पछि मात्रै हावाको प्रदूषण मापन गर्न थालिएको हो । केन्द्रका अनुसार ०१६ साल यता नेपाली आकाशमा हावाको प्रदुषण मानिसहरुको लागि योग्य भएको देखिएको हो ।
नोबल कोरोना भाइरस (कोडिभ–१९) का कारण अहिले विश्वको धेरै देश लकडाउनमा भएको कारण सवारीसाधनहरु बन्द छन् । हावामा प्रदूषण बढाउने बढी भूमिमा गाडीहरुको धुवाँको हो । त्यस पछि इँटाभट्टा तथा अन्य उद्योगहरुले पनि प्रदूषण हुने गर्दछ । गएको १ महिना देखी यि सबै बन्द भएका कारण पनि हावाको प्रदुषण मानिस बसोबास गर्न योग्य भएको केन्द्रले जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले हावाको प्रदूषण मापन सूचकाङ्क अन्तर्राष्ट्रिय मापदण्ड २५ तोकेको छ । यस्तै नेपालले ४० मा सीमित राख्ने लक्ष्य लिएको छ । प्रदूषण मापन केन्द्रहरुले अक्वा ५० सम्म हरियो अर्थात् बसोबासका लागि उत्तम, १५० अक्वा सम्म बैजनी अर्थात् समस्यापूर्ण र १५० भन्दा माथि गएमा रातो अर्थात् बसोबासका लागि अयोग्य हुने केन्द्रले जानकारी दिएको छ ।
नेपालमा काठमाण्डौ, सिमरा, दाङ, धनकुटालगायतका मापन केन्द्रहरुले धेरैजसो समय रातो सङ्केत देखाउने गरेकोमा केही दिनदेखि नेपालभर हरियो सङ्केत देखिएको छ । अत्यन्तै प्रदूषण हुने सिमरा र नेपालगञ्जमा अक्वा १५ भन्दा तल झरेको छ भने सौरहा, दाङलगायतमा ४० भन्दा कम छ ।
नियमित पानी पर्नुले पनि हावाको प्रदूषण घटेको हो । सीमावर्ती क्षेत्रहरुमा भारतीय वायुको कारण पनि प्रदूषण धेरै हुने गरेकोमा अहिले भारतमा समेत लकडाउन रहेकोले वायु प्रदूषण निकै कम भएको हो ।


