गोरखा समाचारदाता
काठमाण्डौं – निकै विबादमा आएको सत्तारुढ नेकपाभित्रको विवादले नयाँ मोड लिएको छ ।
हिजो (बुधबार)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरे संगै विबादले नयाँ रुप लिएको हो ।
बैठकमा सहभागीहरुले ओलीको राजीनामाको कुरा उठाइपछि कोरोना सङ्क्रमण सकिएपछि आफूले राजीनामा दिने र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । कुनै ठाउँबाट चुनाव गराएर वा संविधान संशोधन गरेर भए पनि राष्ट्रिय सभामार्फत गौतमलाई प्रधानमन्त्री बनाउन सकिने ओलीको प्रस्ताव थियो ।
बैठकमा उनले पार्टीमा ३ जना अध्यक्ष राख्ने र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव समेत गरेका थिए । अचानक आएको ओलीको यो प्रस्तावमा उपाध्यक्ष गौतमसहितका नेताहरु आश्चर्यमा परेका थिए ।
ओलीको यो प्रस्तावपछि सचिवालयको अर्को बैठक २० गते बस्ने भएको छ ।


