गोरखा समाचारदाता
काठमाण्डौं – नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा बहुमत रहेको दावी गर्दै हस्ताक्षर संकलन गर्न सुरु गरेका छन् ।
पार्टी भित्रको आन्तरिक शक्तिसंघर्ष चुलिदै जाँदा पार्टी अध्यक्ष समेत रहेका ओलीले बहुमत जुटाउन सांसदको हस्ताक्षर संलकन अभियानमा लागेका हुन ।
प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका गरी करिब १०० जना सांसदले हस्ताक्षर गरिसकेको ओलीको पक्षको दाबी छ । वरिष्ठ नेता माधव नेपाल पक्षले अध्यक्ष र प्रधानमन्त्री पद छाड्न दबाब दिइरहेका बेला ओलीले आफ्नो पक्षमा सांसदको बहुमत जुटाउन हस्ताक्षर थालेका हुन् ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेपाल पक्षले पनि ओलीविरुद्ध हस्ताक्षर संकलन गरिरहेको बताईएको छ । सचिवालयमा शक्ति प्रदर्शन गर्ने उद्देश्यले हस्ताक्षर गरेको नेताहरूको दाबी छ ।
आज (बुधबार) विहान वालुबाटारमा भएको भेलामा पनि सांसदहरुले बहुमत देखाएर अगाडि बढ्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए ।


