गोरखा समाचारदाता
काठमाण्डौं – कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ३१ लाख ३८ हजार ७ नाघेको छ । संक्रमणबाट २ लाख १८ हजार भन्दा बढीको ज्यान गएको छ ।
संक्रमणबाट अमेरिकामा मात्रै ज्यान गुमाउनेको संख्या ५९ हजार २ सय नाघेको छ । अहिलेसम्म अमेरिकामा १० लाख ३५ हजार ७ सय न्दा बढी संक्रमित भइसकेका छन् ।
कोरोना संक्रमणबाट इटलीमा २७ हजार ३ सय, स्पेनमा २३ हजार ८ सय, फ्रान्समा २३ हजार ६ सय, बेलायतमा २१ हजार ६सयभन्दा बढीको ज्यान गइसकेको छ ।
भारतमा कोरोना संक्रमितको संख्या ३१ हजार ३ सय ६० पुगेको छ भने १ हजार ८ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी, पाकिस्तानमा संक्रमितको संख्या १४ हजार ६ सय १२ पुगेको छ भने ३ सय १२ जनाको मृत्यु भइसकेको छ ।


