गोरखा समाचारदाता
काठमाण्डौं – सत्तारुढ नेकपाको सचिवालय बैठक आज साँझ बस्दैछ ।
प्रधानमन्त्री कार्यालय बालुवाटारमा साँझ पाँच बजे बैठक बोलाइएको हो ।
आन्तरिक विवाद उत्कर्षमा पुगेपछि सहमति प्रयासका लागि प्रधानमन्त्री केपी ओलीले बैठक बोलाएका हुन् ।
अध्यक्षद्वय ओली र दाहालबीच मंगलबार भएको बैठकले सचिवालय बैठक बोलाउने निर्णय गरेको हो ।
नेकपा विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष दाहाल र वरिष्ठ नेता माधव नेपाल लगायतले सचिवालय र स्थायी कमिटी बैठक बोलाउन माग गर्दै आएका थिए ।
सचिवालय बैठकमा सरकारको कामको समिक्षा, राजनीतिक शक्ति बाँडफाँड र प्रदेशका मुख्यमन्त्री परिवर्तन लगायतका विषयमा समेत छलफल गर्ने तयारी छ ।
केही समययता सत्तारुढ नेकपाको आन्तरिक शक्ति संघर्ष र अन्तरविरोध उत्कर्षमा पुगेको छ ।
शीर्ष नेताहरुको गुटगत बैठक दिनहुँ हुँदै आएको छ । अध्यादेश प्रकरणपछि पार्टी भित्रको अन्तरविरोध चुलिएको हो ।
केही नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा समेत मागेका छन् ।


