×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

शुक्लाफाँटामा नेपालका लागि नयाँ प्रजातिको सर्प भेटियो

  •  
  • मङ्गलबार, बैशाख १६, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नेपालका लागि नयाँ प्रजातिको सर्प भेटिएको छ । निकुञ्‍ज क्षेत्रभित्र पाइने सरिसृपको अध्ययनका क्रममा भाइल स्‍नेक प्रजातिको ‘लहरे सर्प’ भेटिएको हो । यो सर्प पहिलपटक भारतको उडिसा र राजस्थानमा फेला परेको सर्प विज्ञ प्राध्यापक करनबहादुर शाहले बताए । शुक्लाफाँटामा निकुञ्‍ज क्षेत्रभित्र भेटिएको यो सर्पको अंग्रेजी नाम लौडांक र वैज्ञानिक नाम अहेतुला लौडांकिया छ । लौकाको सुकेको लहरा जस्तो हुने भएकाले यसलाई उडिसा भाषाबाटै नामकरण गरिएको प्राध्यापक शाहले जानकारी दिए । उनले भने,’भारतको उडिसामा लौकालाई लौडांक भन्‍ने गरिएकाले यसको वैज्ञानिक नाम पनि अहेतुला लौडांकिया राखिएको हो ।’

    यो सर्पको विषालु दाँत बंगाराको पछिल्लो भागतिर हुन्छ। यसले अन्डा नपारेर सिधै बच्‍चा जन्माउने प्राध्यापक शाहले जानकारी दिए। उनका अनुसार रुखमा बस्‍ने भएकाले यो सर्प खैरो रंगको हुन्छ। यस्तै, हरियो रंगको यस्तै किसिमको अर्को सर्प हुने र उक्त सर्प ‘सुगा सर्प’ रहेको उनले सुनाए। यसैबीच शुक्लाफाँटा निकुञ्‍जमा १४ प्रजातिका सरीसृप भेटिएको छ। ती मध्ये लहरे सर्प नेपालकै लागि पहिलो पटक भेटिएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्षमणप्रसाद पौड्यालका अनुसार निकुञ्‍जमा ४ प्रजातिका उभयचर र १४ प्रजातिका सरीसृप भेटिएका छन्।

    शुक्लाफाँटामा पाइने ३० प्रजातिको सर्पमध्ये ५ प्रजातिका मात्रै विषालु छन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विभिन्‍न ४ परिवारका विभिन्‍न १५ प्रजाति उभयचर र १७ परिवारका ५६ प्रजाति सरीसृप रहेको र यसबारे जर्नल अफ थ्रिटेन्ड टेक्सामा समेत प्रकाशित भएको छ । यस्तै निकुञ्‍जमा गरिएको सरिसृप तथा उभयचरको अध्ययनका क्रममा १५ प्रजातिका भ्यागुतामध्ये ४ नयाँ, ९ प्रजातिका कछुवामध्ये १ नयाँ, ४ प्रजातिका छेपारोमध्ये १ नयाँ, ६ प्रजातिका भानेमुङ्ग्रोमध्ये १ नयाँ र ३० प्रजातिका सर्पमध्ये ११ नयाँ रहेका छन् ।

    ‘निकुञ्जमा उभयचर र सरीसृप गरी ७१ प्रजाति अभिलेख गरिएको छ,’प्रमुख संरक्षण अधिकृत पौड्यालले भने, ‘जुन नेपालको अन्य कुनै संरक्षित क्षेत्रको तुलनामा धेरै हो।’ शुक्लाफाँटामा मात्रै अभिलेख भएको शुक्लाफाँटा छेपारोसमेत छ, जुन नेपालमा अन्त पाइँदैन । अध्ययनका क्रममा नेपालको सबैभन्दा छोटो अन्धो सर्प र सबैभन्दा लामो अजिंगरसमेत यही भेटिएको छ । यस्तै निकुञ्‍जले हालै गरेको अध्ययनअनुसार यहाँ ५६ बढी प्रजातिको स्तनधारी र साढे ४ सय प्रजातिका चराचुरुंगी छन्। ‘चरा र स्तनधारीसँगै उभयचर र सरीसृपका लागि पनि यो निकुञ्ज उपयुक्त बासस्थान हो,’पौड्यालले भने ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, बैशाख १६, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.