×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

लकडाउन हटेसँगै वुहानमा धमाधम बिहेबारी

  •  
  • मङ्गलबार, बैशाख १६, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    बेइजिङ — सबैभन्दा पहिले कोरोना महामारीको चपेटामा परेको चीनको वुहानमा लकडाउन हटेसँगै बिहेको चहलपहल सुरु भएको छ । स्थानीय युवायुवती धमाधम वैवाहिक बन्धनमा बाँधिँदै छन् । चीनका अन्य सहरमा पनि लकडाउन र महामारीले वैवाहिक योजना स्थगित गरेकाहरू अहिले जोडी कस्दै छन् ।
    चिनियाँ युवायुवती सकेसम्म बिदाको मौका छोपेर बिहे गर्छन् । यसपालि नयाँ वर्ष अर्थात् वसन्त चाडको लामो बिदामा बिहे गर्ने तयारीमा बसेकाहरूको योजना कोरोना महामारीले बिथोलिएको थियो ।

    जनवरी अन्तिम साता चिनियाँ नयाँ वर्ष सुरु हुँदै गर्दा महामारी देखापरेपछि २३ तारिखदेखि नै हुबेई प्रान्तको वुहान सहर ‘लकडाउन’ गरिएको थियो। देशका अन्य सहरमा पनि सभा–समारोह र भीडभाड गर्न रोक लगाइएपछि वैवाहिक योजना रद्द हुन पुगेका थिए । ७६ दिनपछि अप्रिल ८ मा खुलेको वुहानमा अझै पनि भीडभाड गर्न बन्देज छ। तर प्रशासनले बिहे गर्न चाहनेहरूका लागि केही सर्तसहित लचिलो नीति अख्तियार गरेको हो। प्रशासनले सानो संख्यामा उपस्थित भएर बिहे दर्ता मात्रै गर्न पाउने, समारोह र भोजभतेर गर्न नपाउने नियम तोकेको छ ।

    लामो प्रतीक्षापछि जोडी बाँध्ने मौका पाएकाहरू यतिखेर वैवाहिक ‘फोटोसेसन’ गर्न व्यस्त देखिन्छन् । बिहे दर्ताको प्रमाणपत्र लिन आवश्यक गतिविधि सुटिङ गर्दै गरेका चुओ वेई र हु चीनफङ जोडीले समारोह आयोजना गर्न नपाएकोमा दुःख व्यक्त गर्‍यो। ‘तर, पनि कुनै न कुनै अर्थमा यो विवाहको विशेष अर्थ छ,’ उनीहरूले भने। वुहान विवाह दर्ता कार्यालय अप्रिल ३ तारिखदेखि पुनः सञ्चालनमा आएको हो । वुछाङ जिल्ला विवाह दर्ता कार्यालयमा पुगेको चुओ दम्पतीले बिहे दर्ताका प्रत्येक चरणलाई आफ्नो स्मार्टफोनमा सँगालेको छ । चुओका अभिभावकले एकअर्कालाई बुझ्ने पर्याप्त समय नलिएरै बिहे गरेकोमा आश्चर्य प्रकट गरे ।

    तर उनी भन्छन्, ‘महामारीले होसियारीपूर्वक एकअर्काको भावना बुझ्ने समय दियो।’
    चिनियाँ नयाँ पुस्तामा बिहेपूर्व ‘लिभिङ टुगेदर’ को चलन पनि आम बन्दै गएको छ। चीनमा पहिले बिहे दर्ता अनि मात्र आफन्त साथीभाइका लागि ‘पार्टी’ गर्ने गरिन्छ । जनवरीमै तयार बसेको वाङ रुइलोङ र चू चिङको जोडीले पनि बल्ल बिहेको मौका पाएको छ। लकडाउनका कारण अलग्गिएर बस्नुपरे पनि आफूहरूको प्रेममा कुनै बदलाव नआएको उनीहरू बताउँछन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, बैशाख १६, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.