घरमा बसेको लकडाउनको अवधिलाई सरकारले सार्वजनिक विदा कायम गर्ने भएको छ । कर्मचारीले खाइपाई आएको सेवासुविधालाई कायम राख्दै सो अवधिलाई सार्वजनिक विदाका रुपमा कायम गरिने भएको हो । यसले सरकारी कर्मचारीको तलब भत्तामा कुनै असर पर्ने छैन।
सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले विदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाइ आएको तलब भत्ता पाउनेगरी घरमा बसेको अवधिलाई कार्यालय प्रमुखले सार्वजनिक विदाका रुपमा कायम गर्ने राजपत्रमा उल्लेख छ।
नेपाल राजपत्रमा आज यससम्वन्धी सूचना प्रकाशित गरिएको छ।


