गोरखा समाचारदाता
गोरखा – कोरोना भाइरसको संक्रमण फैलन नदिन मुलुकभर बन्दाबन्दी भए पनि गोरखाका किसान भने खेतीपातीमा नै व्यस्त हुन थालेका छन् ।
बन्दाबन्दीमा पनि खेती किसानी हुन नसके भोलीका दिनमा भोकमरीको सामना गनुपर्ने भए पछि किसानहरु खेतीपातीमा ब्यस्त हुन थालेका हुन् ।
यतीखेर किसानहरु मकै गोड्ने, छर्ने, मल बोल्ने, आलु खन्ने, चैत धान रोप्ने, तरकारी रोप्ने लगायतका काममा व्यस्त हुँदै आएको पाइएको छ ।
पानी परेसँगै किसानलाई मकै छर्न हतारो छ भने कतै मकै गोड्न थालेका छन ।
गोरखा जिल्लाको अधिकांश भागमा अहिले किसानहरु आफ्नो खेत बारीमा तरकारी खेती गर्न र मकै लगाउन ब्यस्त देखिन्छन् ।


