×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अमेरिका र चीनबिच बेतुकको लफडा, वैज्ञानिकले खोले भाइरस उत्पत्तिको नयाँ रहस्य

  •  
  • सोमबार, बैशाख १५, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कोरोना भाइरसको उत्पत्तिको विषयमा अमेरिका र चीनबिच निकै कडा दोहोरी चलिरहेको छ । तर, अनुसन्धानकर्ताहरूको एक समूहले भने यो विषयमा निकै रोचक तथ्य सार्वजनिक गरिसकेको छ । जसले कोरोनाको उत्पत्ति मात्र नभएर यसको फैलावट र विश्वका विभिन्न भागमा देखिएको कोरोनाको स्वरूपबारे समेत धेरै कुरा स्पष्ट परेको छ । अमेरिका कै एक अनुसन्धानात्मक संस्था नेशनल एकेडेमी अफ साइनसद्वारा प्रकाशित एक अनुसन्धानात्मक लेखमा उल्लेख भएका तथ्यहरूले यी दुई परस्पर विरोधी मुलुकका नेताहरूको नै मथिंगल रिङाउने देखिएको छ ।

    सो अनुसन्धान जर्मनीको इन्स्टिच्युट अफ फोरेन्सिक जेनेटिकका पेटर फ्रोस्टर, युनिभर्सिटी अफ क्याम्रिज अन्तर्गतको इन्स्टिच्युट अफ अर्कियोलोजिकल रिसर्चका लुसी फ्रोस्टर, फ्लुक्षुस तेक्निलोजी लिमिटेड बेलायतका कोलिन रेन्फ्रिउ र जर्मनीको क्रिस्चियन अल्बेर्ट युनिभर्सिटीको इन्स्टिच्युट अफ क्लिनिकल मोलिक्युलर बायोलोगीका अनुसन्धानकर्ता माइकल फ्रोस्टरले संयुक्त रूपमा गरेका हुन् । उनीहरूले कोरोना भाइरसको जिनोम्सको अध्ययन गर्न विश्वका विभिन्न भागका १६० जना सङ्क्रमितमा रहेको कोरोनाको स्वरूप र तिनीहरूमा पाइने पृथकता हेरेका थिए ।

    यस क्रममा यिनीहरू कसरी कहाँबाट कता कता कसरी गए भन्ने पनि केलाइएको थियो । परापूर्व कालमा विश्वमा मानिसहरूको यात्रा कसरी भएको थियो भन्ने अध्ययन गर्ने अपनाइने गरेको अनुसन्धान विधिलाई प्रयोग गरी गरिएको सो अध्ययनले यो भाइरसका तीन वटा अवतार रहेको स्पष्ट परेको छ । उनीहरूले कोरोनाको फरक फरक त्यो अवस्थालाई ए, बि र सी गरी तीन वटा वर्गमा विभाजन गरेका छन् ।

    सो अनुसन्धानको नतिजालाई निम्न अनुसारका बुँदामा समेट्न सकिन्छ :
    १. प्रमुख रूपमा तीन प्रकारका कोरोना भाइरस रहेको देखियो । जसमध्ये ए टाइपको भाइरस जुन मानिसमा देखियो त्यो ९६.२ प्रतिशत चमेरामा रहेको भाइरससँग मेला खान्छ ।

    २. कोभिड-१९ को उद्गम स्थल मानिएको चीनको वुहानमा टाइप बि कोरोना भाइरस देखिएको छ । टाइप बी भाइरस भनेको यो रोगको रूपमा मानिसमा देखिएको खस भाइरस हो । यो जुन चीनमा देखियो । मानिसमा प्रवेश गरेपछि विकसित भएको मानिएको यो टाइपको भाइरस चीन बाहिर कम मात्रामा छ । उता अमेरिका, युरोप र अस्ट्रेलियामा भने टाइप ए र सी भेटिएको छ । टाइप सी चाहिँ टाइप बी मा आएको परिवर्तनको रूपमा देखिएको छ ।

    ३. चीनमा नदेखिएको टाइप सी दक्षिण कोरिया, हंगकंग र ताइवानमा भने देखिएको छ ।

    ४. यो अध्ययनको सबैभन्दा महत्त्वपूर्ण पाटो यो हो कि वुहानमा देखिएको टाइप बी भाइरस चमेरोमा पाइने टाइप ए सँग मेल खाँदैन ।

    यो अध्ययनको निष्कर्षमा अनुसन्धानकर्ताले के भनेका छन् भने कोरोना भाइरस चीनबाट विश्वभर फैलिएको भन्ने कुरा पुष्टि हुँदैन । चीनमा यसको जुन स्वरूप देखियो त्यो चमेरोमा पाइएको भन्दा बिल्कुलै फरक छ । अनि चमेरोमा पाइने भाइरससँग अमेरिका, युरोप र अस्ट्रेलियामा भेटिएको भाइरस मिल्छ । यो अध्ययनमा भाइरसले वातावरणीय आधारमा आफूमा ल्याउने परिवर्तनलाई समेत हेक्कामा राखेको छ । उनीहरूले भिन्न भिन्न भूगोलमा फरक फरक प्रकारको स्वरूपमा भाइरस पाइनुलाई यसले आफूलाई बलियो बनाउने र मानिसको शरीरले प्रतिरोध गर्दा आफूलाई नै परिवर्तन गर्ने गरेको रूपमा पनि हेरिएको छ । जे होस् अहिले जसरी अमेरिकाले चीनमा यसको उत्पादन गरिएको आरोप लगाउँदै वुहानमा त्यसको अनुसन्धान गर्ने भन्दैछ त्यो अनावश्यक रहेको यो अध्ययनले पुष्टि गर्छ ।

    उता चीनले निकै अघिदेखि नै अमेरिकाले जैविक हतियारको रूपमा अमेरिकी सेनाले वुहानमा ल्याएर भाइरस छोडेको जसरी आरोप लगाइरहेको थियो त्यसलाई पनि यो अनुसन्धानले नकारेको छ । बरु, चमेरोमा प्राकृतिक रूपमा पाइने यो भाइरसको प्रारम्भिक स्वरूप वुहानमा नभेटिनु आफैमा अचम्मलाग्दो छ । उता अस्ट्रेलिया, अमेरिका र युरोपमा भेटिएको टाइप सी भने चीनको टाइप बी कै नयाँ स्वरूपको रूपमा प्रकट हुने झन् अनौठो छ । त्यही चमेरोको भाइरससँग मिल्ने टाइप ए पनि देखिनु झन् रहस्यमय छ । अब हुने थप अनुसन्धानले यसको उत्पत्ति र फैलावट बारे थप जानकारी त अवश्य नै दिने नै छ । अहिले त्यो अनुसन्धानात्मक लेखमा कसरी यो फैलियो भन्नेबारे प्रस्ट्याउन बनाइएको ग्राफिक्स हेरौँ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, बैशाख १५, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.