गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोडिभ–१९) को मुहान मानिएको चीनको वुहान शहरमा पहिलो पटक कोरोना सङ्क्रमित शून्यमा झरेको छ ।
सन २०१९ डिसेम्बरको अन्तिममा पहिलोपटक उत्त शहरमा कोरोना सङ्क्रमण देखिएको थियो । शुक्रबार अस्पतालमा रहेका ११ जना बिरामीलाई घर पठाए पछि कुनै पनि बिरामी नआएको चीनको राष्ट्रिय स्वास्थ्य आयोग जनाएको छ । स्वास्थ्यकर्मीहरुको मिहेनतले संक्रमण संग जित हात परेको चीनको सरकारी समाचार संस्था सिन्हवाले जनाएको छ ।
वुहानमा कोरोना सङ्क्रमण फैलिएपछि ७६ दिनसम्म लकडाउन गरिएको थियो । चीनमा अहिलेसम्म ८२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा ५० हजारभन्दा धेरै वुहानका मात्र रहेको खबरमा उल्लेख गरिएको छ । चीनमा अहिलेसम्म साढे ४ हजारभन्दा धेरैको ज्यान गएको छ ।
चीनको वुहानबाट फैलिएको कोरोनाको सङ्क्रमणका कारण अहिले विश्वभरी साढे ३० लाख भन्दा धेरैमा कोरोना पुष्टि भएको छ । जसमध्ये ८ लाख ७९ हजारभन्दा धेरै निको भएका छन् । १९ लाख भन्दा धेरैको उपचार चलिरहेको छ ।
२ लाख ७ हजारभन्दा धेरैको भने ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा सङ्क्रमण पुष्टि भएकोमा ५५ हजारभन्दा धेरैको ज्यान गएको छ ।
भारतमा पनि सङ्क्रमितको संख्या बढ्दो छ । भारतमा अहिलेसम्म साढे २७ हजार ८९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा साढे ८८१ ज्यान गईसकेको छ ।




















