गोरखा समाचारदाता
काठमाण्डौं – नेपालको विभिन्न क्षेत्रमा ४ सय भन्दा बढी चीनियाँ पर्यटकहरु अलपत्र परेका छन् ।
लकडाउन अघि नै नेपाल घुम्न आएका ति पर्यटकहरु अहिले फर्कन नपाए पछि अलपत्र परेका हुन् ।
उनीहरुले लकडाउनका कारण नेपालमै अलपत्र परेको भन्दै आफ्नो देश जाने व्यवस्था मिलाइदिन आग्रह गर्दै राजाधनीको भृकुटीमण्डप स्थित पर्यटन बोर्ड पुगेका छन् ।
२५÷३० जनाको संख्यामा रहेका चिनियाँ पर्यटकहरु ‘हामी घर जान चाहन्छौं’ लेखिएका प्लेकार्ड बोकेर पर्यटन बोर्ड पुगेका हुन् ।
उनीहरु कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन लागू गरेपछि उनीहरु स्वदेश फिर्ता हुन नपाएका हुन् । नोबल कोरोना भाइरस (कोभिड–१९) को महमारी फैलन सक्ने अवस्थालाई ध्यानमा राखेर चिनियाँ सरकारले नेपालमा कुनैपनि चार्टर उडान अनुमति दिन नचाहेकोले पहल गरिदिन आग्रह गर्न नेपाल पर्यटन वोर्डको कार्यालय पुगेका हुन् ।
उनीहरुलाई चिनियाँ दुतावासले पनि घर फिर्ताका लागि कुनैपनि व्यवस्था नगरी होटलमा नै सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।




















