गोरखा समाचारदाता
काठमाण्डौं – झापामा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । संक्रमितमध्ये १६ जना उपचारपछि निको भइसकेका छन । बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।




















