ल्याटिन अमेरिकी मुलुक इक्वेडरमा अस्पतालले कोरोना संक्रमणका कारण मृत घोषणा गरेकाे एक महिला जीवितै रहेको पाइएकाे छ । कोरोना संक्रमित ७४ वर्षकी अल्बा मारुरीलाई अस्पतालले मृत घोषित गरेको भए पनि उनी जीवितै फेला परेकी हुन् ।
यतिसम्मकि अस्पतालले परिवारका सदस्यलाई उनको अस्तु (खरानी) नै भनेर पठाइसकेको थियो । तर ३ हप्ता कोमा बसाइपछि बिहीबार उनी बिउँझिइन् र आफ्नी बहिनीलाई फोन गरिदिन डाक्टरसँग आग्रह गरिन् ।
यस्तो थाहा पाएपछि उनको परिवारको खुसीको सीमा रहने कुरै भएन । यता अस्पतालले पहिचानमा भूल हुँदा जीवित व्यक्तिलाई मृत घोषित गरेर आफूबाट गम्भीर गल्ती भएकाे भन्दै माफी मागेको छ ।
यो ट्विट हेरौं-
De no creer. Alba Maruri, 74 años, paciente de Covid-19 fue dada por muerta el 27 de marzo en hospital del Suburbio y su familia recibió sus cenizas. Resulta que cremaron a otra persona y Alba estuvo inconsciente 3 semanas hasta ayer, que preguntó por su hermana. #Guayaquil pic.twitter.com/vuTvbrGpz8
— LaHistoria (@lahistoriaec) April 25, 2020


