गोरखा समाचारदाता
काठमाण्डौं – कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ३ हजार नाघेको छ ।
यो भाइसरको संक्रमणबाट अमेरिकामा मात्रै ५४ हजार २५० भन्दा बढी मानिसको ज्यान गई सकेको छ ।
विश्वभरी यो रोगको संक्रमणबाट पछिल्लो केही हप्तादेखि दैनिक २ हजारको हाराहारीमा मानिसको ज्यान जाने गरेको छ ।
विश्वमा नै सबैभन्दा बढी प्रभावित अमेरिकाको न्यूयोर्कमा रहेको छ । त्यहाँ अहिलेसम्म कम्तिमा २१ हजार ९०८ जनाको ज्यान गई सकेको छ । अहिलेसम्म अमेरिकामा ९ लाख ६० हजार कोरोना संक्रमित भइसकेका छन् ।
तर विश्वका अरू देशको आँकडाको तुलनामा अमेरिकामा कोरोनाका कारण हुने मृत्युदर कम रहेको छ । जनसंख्याको आधारमा स्पेन, इटली, फ्रान्स, बेल्जियम र बेलायतमा भन्दा अमेरिकामा मृत्युदर कम देखिएको हो ।
कोरोना संक्रमणबाट इटलीमा २६ हजार, स्पेनमा २३ हजार, फ्रान्समा २२ हजार ६ सय, बेलायतमा २० हजारभन्दा बढीको ज्यान गइसकेको छ । हालसम्म, विश्वभर कोरोना संक्रमितको संख्या २९ लाख १७ हजार नाघेको छ ।




















