गोरखा समाचारदाता
गोरखा – गोरखामा रगत्त ओकलेर एक महिलाको ज्यान गएको छ ।
जिल्लाको शहिद लखन गाउँपालिकाको मकैपुरमा रत्तग ओकल्दा माईती बस्दै आएकी महिलाको ज्यान गएको हो ।
सनिबार बिहान संघिय राजधानी घर भई गोरखाको शहिद लखन गाउँपालिका ७ को सुसारे गाउँ माईती घर भएकी ३५ बर्षिया बिण्णुकुमारी राना लामाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
घटना क्रम अनुसार माईती घर बस्दै आएकी बिण्णु १० दिन अगाडी मात्र माईती आएकी थिईन । शहिद लखन गाउँपालिकाको मकै पुरको भित्री सडकमा हिड्ने क्रममा रत्तगै ओकल्दा उनको ज्यान गएको हो ।
प्रहरी कार्यालयले दिएको जानकारी अनुसार उनी विगत केही समय देखी टिभी रोगले ग्रसित थिइन् । मृत्तक विण्णुले खाब्दीमा रहेको स्वास्थ्य चौकीमा औषधी लिएर फर्कि जादाँ उत्त घटना भएको हो ।




















