गोरखा समाचारदाता
काठमाण्डौं – सरकारले लकडाउनको बिषयमा आज निर्णय गर्ने भएको छ ।
तेस्रो पटक थप गरिएको लकडाउनको समयसिमा वैशाख १५ गते रातिदेखि सकिने भएकाले लकडाउनका बिषयमा आज निर्णय हुन लागेको हो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठक आज बस्दैछ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले समितिलाई लकडाउनबारे निर्णय गर्न जिम्मा दिएपछि बिहान ११ बजे बैठक बस्ने तय भएको समितिले जनाएको छ ।




















