गोरखा समाचारदाता
काठमाण्डौं – आज मेघगर्जन र हावाहुरीसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।
पश्चिमी र स्थानीय वायुको प्रभावसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिसकेकोले आज (सनिबार)पनि देशका विभिन्न ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने मौसमविद्ले बताएका हुन् ।
अहिले मध्य र पूर्वका केही ठाउँमा पानी परिरहेको र पहाडी क्षेत्रको मौसम बदली भई अरु ठाउँको मौसम खुल्दै बादल लागिरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशभरी कै मौसम सामान्य बदली भई पश्चिमका केही तथा मध्य र पूर्वका थेरै ठाउँमा मेघगर्जन र हावाहुरी सहित वर्षा हुने छ ।
आइतबार र सोमबार पनि देशका केही ठाउँमा मेघगर्जन, हुरीबतास र असिनासहित पानी पर्ने महाशाखाले पुर्वानुमान गरेको छ ।


