×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कोरोना भाइरस: कोभिड-१९ का गम्भीर बिरामीलाई घोप्टो पार्दा कसरी तिनको ज्यान जोगिन सक्छ

  •  
  • शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    संसारभरि कोभिड-१९ का बिरामीहरू बढ्दै गर्दा अस्पतालमा उनीहरूको उपचारको दृश्य सञ्चारमाध्यममा अचेल निकै देखिन्छ । तर कतिपय त्यस्ता दृश्यमा सघन उपचारमा रहेका बिरामीहरूलाई अत्याधुनिक भेन्टिलेटरमा राखिएको तर उनीहरूलाई घोप्टो पारिएको देखिन्छ ।

    त्यसो किन गरिएको होला ?
    यो पुरानै विधि हो जसलाई “प्रोनिङ” भनिन्छ र यसले श्वासप्रश्वाससम्बन्धी बिरामीलाई केही फाइदा पुर्‍याउने गरेको पाइन्छ । उनीहरूलाई अक्सिजन दिएर मात्र कहिलेकाहीँ पुग्दैन । त्यस्तो बेला हामी उनीहरूलाई घोप्टो पार्छौँ ताकि फोक्सो फैलिन पाउँछ ।” डा. गालियात्सातोसका अनुसार फोक्सोको सबभन्दा गह्रुङ्गो भाग हाम्रो पछिल्तिर हुन्छ । त्यसैले उत्तानो पारेर राख्दा बिरामीलाई पर्याप्त अक्सिजन तान्न कठिन हुन्छ ।

    त्यसको साटो घोप्टो पार्दा अक्सिजनको प्रवाह बढ्छ अनि फोक्सोको विभिन्न भाग सक्रिय हुन पाउँछ। “यसले उल्लेख्य परिवर्तन गराएको देखिन्छ। हामीले कैयौँ बिरामीमा यसले काम गरेको देखेका छौँ,” डा. गालियात्सातोसले बताए । मार्चमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले पनि घोप्टो पार्न सुझाएको छ। उसले गम्भीर श्वासप्रश्वासका अप्ठेरा बेहोरेका वयस्क कोभिड-१९ बिरामीहरूलाई दिनको १२ देखि १६ घण्टासम्म घोप्टो पार्न सुझाएको छ ।

    बालबालिकाको हकमा यो विधि उपयोग गर्न विचार गर्न सकिने तर त्यसको निम्ति थप विज्ञतासहितका प्रशिक्षित स्वास्थ्यकर्मी आवश्यक हुने डब्ल्यूएचओले बताएको छ । श्वासप्रश्वासका गम्भीर अवस्था बेहोरेका बिरामीलाई घोप्टो पार्दा फाइदा भएको पाइएको छ अमेरिकन थोर्‍यासिक सोसाइटीले फेब्रुअरीमा चीनको वुहान जिन्यिन्तान अस्पतालमा रहेका १२ जना कोभिड-१९ का बिरामीमा गरेको अध्ययन मा घोप्टो पारिएका बिरामीहरूको तुलनामा नपारिएका बिरामीहरूमा फोक्सोको फैलिने क्षमता कम पाइएको उल्लेख छ ।

    जोखिमपूर्ण विधि
    हेर्दा सामान्य लागेपनि घोप्टो पार्ने विधि जोखिमपूर्ण मानिन्छ । बिरामीलाई त्यसरी मिलाएर घोप्टो पार्न समय र प्रशिक्षित विज्ञ आवश्यक हुन्छ । “यो सजिलो छ‌ैन । प्रभावकारी रूपमा गर्न चारदेखि पाँच जना आवश्यक पर्छ,” डा. गालियात्सातोसले भने ।

    वास्तवमा कोरोनाभाइरस के हो?
    स्वास्थ्यकर्मीको अभाव भएको र ठूलो सङ्ख्यामा कोभिड-१९ का बिरामी ओइरिएका अस्पतालहरूमा यो विधिको उपयोग गर्न चुनौतीपूर्ण हुन्छ। डा. गालियात्सातोसका अनुसार जोन्स हप्किन्स अस्पतालले घोप्टो पार्नका लागि एउटा टोली नै खटाएको छ । “त्यसैले यदि कोही कोभिड-१९ का बिरामी सघन उपचार कक्षमा छन् जहाँका स्वास्थ्यकर्मीमा यो अनुभव छैन उनीहरूले हाम्रा विज्ञ टोलीलाई बोलाउन सक्छन्।” बिरामीलाई घोप्टो पार्दा अन्य जटिलता पनि उत्पन्न हुन्छ।

    कोरोनाभाइरस सङ्क्रमणले श्वासप्रश्वासमा गम्भीर समस्या पैदा गर्न सक्छ “हाम्रो एउटा प्रमुख चिन्ता मोटोपना हो । साथै छातीमा चोट लागेका व्यक्ति वा भेन्टिलेशन ट्यूब वा क्याथिटर ट्यूब लगाएका बिरामीहरूलाई घोप्टो पार्दा अत्यन्त सावधानी अपनाउनुपर्छ।” यो विधिलाई हृदयाघातसँग पनि जोडेर हेरिन्छ भने कतिपय अवस्थामा यसो गर्दा सास फेर्ने नलीमा बाधापनि पुग्छ।

    ‘व्यापक उपयोग’
    घोप्टो पार्ने विधिको फाइदा सुरुमा सन् १९७० ताका देखिएको थियो । तर सन् १९८६ पछि मात्र यसलाई विश्वभरिका अस्पतालहरूले धेरै प्रयोगमा ल्याएको विज्ञहरू बताउँछन् । यो विधिलाई सुरुमा अध्ययन गर्ने र उपयोगमा ल्याउने डाक्टर लुसियानो गाट्टिनोनी हुन् । उनी हाल इटलीको मिलानको यूनिभर्सिटा स्टाटालमा प्राध्यापक हुन् ।प्राध्यापक गाट्टिनोनीले बीबीसीलाई बताएअनुसार सुरुसुरुमा यो विधिबारे निकै आपत्ति जनाइएको थियो । “तर अचेल यो व्यापक प्रयोग हुन्छ,” उनले भने ।

    विश्वभरि कोभिड-१९ का कारण ज्यान गुमाउनेको सङ्ख्या १९०,००० पुगेको छ
    फोक्सोमा धेरै अक्सिजन पुग्नु मात्र यसको फाइदा नभएको उनले बताए। “बिरामीहरूलाई घोप्टो पार्दा, फोक्सोमा पर्ने चाप सबै भागमा बराबर फैलिन्छ,” प्राध्यापक गाट्टिनोनीले बताए । “भेन्टिलेटरको मेकानिकल ऊर्जा फोक्सोमा पठाइएको दृश्य एक पटक कल्पना गर्नुहोस्: त्यो भनेको लगातार मुक्का प्रहार गरिएको जस्तै हो । यदि त्यो शक्ति बराबर रूपमा फोक्सोको सबै भागमा फैलियो भने त्यसले पुर्‍याउने हानि पनि कम हुन्छ ।” यो शताब्दीको सुरुमा यो विधिका फाइदाबारे अन्य अध्ययनहरूले पनि समर्थन जनाए ।

    “फ्रान्समा सन् २००० मा गरिएको एक अध्ययनमा घोप्टो पारिएका बिरामीहरूमा राम्ररी अक्सिजन प्रवाह भएको र उनीहरूको बाँच्ने सम्भावना बढेको देखिएको थियो । “मुख्य कुरा यो एउटा यस्तो विधि हो जसले हालसम्म कुनै उपचार नभएको रोगसँग लड्न एउटा उपाय दिन्छ । “अहिलेको लागि हामीले यस्ता विधिको प्रयोग गर्नु उचित नै हुन्छ,” डा. गालियात्सातोसले बताए ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.