गोरखा समाचारदाता
काठमाण्डौं – विश्वभर कोरोना संक्रमितको संख्या २५ लाख ५८ हजार नाघेको छ । संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १ लाख ७८ हजार नजिक पुगेको छ भने ६ लाख ९५ हजार ३ सय भन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।
यो रोगले अमेरिकालाई बढी प्रभावित पारेको छ । अमेरिकामा संक्रमितको संख्या ८ लाख १९ हजार १ सय भन्दा बढी पुगेको छ भने ४५ हजार ३४३ जनाले ज्यान गुमाइसकेका छन् । संक्रमितमध्ये ८२ हजार ९७३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
कोरोनाका कारण इटालीमा २४ हजार ६४८ जनाको ज्यान गई सकेको छ । इटालीमा १ लाख ८३ हजार ९५७ जना संक्रमित भएका छन् ।
संक्रमणबाट स्पेनमा २१ हजार २८२ जानको ज्यान गएको छ भने २ लाख ४ हजारभन्दा बढी संक्रमित भएका छन् ।
त्यसैगरी, फ्रान्समा २० हजार ७९६, बेलायतमा १७ हजार ३३७, जर्मनीमा ५ हजार ८६ जनाको ज्यान गएको छ ।
इरानमा ५ हजार २९७, नेदरल्याण्डमा ३ हजार ९१६, बेल्जियममा ५ हजार ९१६ जनाको ज्यान गएको छ ।
भाइरसका कारण भारतमा संक्रमितको संख्या २० हजार १७८ जना पुगेको छ । भारतमा यो रोगका कारण ६४५ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै पाकिस्तानमा ९ हजार २४२ जना संक्रमित भएका छन् भने २०९ जनाको ज्यान गई सकेको छ ।


