- सामाजिक सञ्जालबाट कालो झण्डा देखाइने
गोरखा समाचारदाता
काठमाण्डौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठकले सरकारलाई पछिल्ला निर्णय फिर्ता लिन माग गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज (मंगलबार) बसेको बैठकले सरकारले गरेको पछिल्ला निर्णय फिर्ता लिन माग गरेको हो ।
सरकारले राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थालाई संशोधन गर्दै पार्टीको केन्द्रीय कार्यसमिति वा संसदीय दलमा ४० प्रतिशत पुगेमा पार्टी विभाजन गर्न सकिने र संवैधानिक परिषद्को गणपूरक संख्या घटाउने व्यवस्थासहितको दुई अध्यादेश ल्याएको थियो ।
कांग्रेसले लोकतन्त्रको मूल्य र मान्यताविरुद्ध अध्यादेश ल्याइएको भन्दै बैठकले अध्यादेश फिर्ता लिन माग गरेको छ ।
कांग्रेसले लकडाउनका कारण सरकारविरुद्ध समाजिक सञ्जालबाट कालो झण्डा देखाउने निर्णय पनि गरेको छ ।




















