गोरखा समाचारदाता
उदयपुर – उदयपुरको भुल्केका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।
यो संगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४० पुगेको छ ।
यस अघि पनि उदयपुरमा नै कोरोना संक्रमणको आशंकामा १ जनाको टेकु अस्पतालमा स्वाब जाँच गराउदा कोरोना पुष्टी भएको थियो ।


