कोरोना भाइरस संक्रमणको खतराका कारण जर्मनीमा यो वर्ष प्रख्यात बियर फेस्टिभल (अक्टुबर फेस्ट) नहुने भएको छ । जर्मनीमा हरेक वर्ष यो कार्यक्रम उत्सवको रुपमा आयोजना हुन्छ, जसमा करिव ५० देखि ६० लाख मानिसहरु सहभागि हुन्छन् ।
यो वर्ष पनि सेप्टेम्बर १९ देखि अक्टुबर ४ सम्म यो फेस्टिबल हुने योजना थियो । बियर फेस्टिभल रद्द हुनाले म्यूनिखको अर्थ व्यवस्थामा धेरै नराम्रो असर पर्नेछ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार बियर फेस्टिवलले म्यूनिख शहरको हरेक वर्ष करिव १।०७ बिलियन डलर कमाई हुन्थ्यो । कोरोना माहामारी ले बीयर फेस्टिवल बाट सहयोग हुने अर्थतन्त्र मा ठुलो रुप मा गिरावट ल्याउने अनुमान भयको छ ।




















