काठमाडौं– अभिनेता सिताराम कट्टेल धुर्मुश तथा अभिनेत्री कुञ्जना घिमिरे सुन्तलीले संकटको यो घडीमा धुर्मुस सुन्तली फाउण्डेशनमार्फत राहत, उद्दार तथा समन्वयकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको बताउनु भएको छ। मंगलबार दिउँसो उहाँहरुले आ–आफ्नो फेसबुकमा एउटा स्टाटस लेख्दै उक्त कुराको जानकारी दिनु भएको हो ।
उहाँहरुले आफ्नो स्टाटसमा लेख्नु भएको छ -‘यो संकट तथा महामारीको बेला लकडाउनको पालना गर्नु हामी सबैको कर्तव्य हो । हामी पनि लकडाउनको पालना गरी घरबाट नै बिभिन्न सन्देशमुलक सामग्रीहरु बनाईरहेका थियौं । कोरोना संक्रमणका कारण लकडाउन लम्बिदै गर्दा धेरै जनामा अभाव र सङ्कट सिर्जना भएको छ ।
अब यो समयमा सबैजना मिलेर मानवीय धर्म पनि निर्वाह गर्नु पर्छ । हामीले पनि धुर्मुस-सुन्तली फाउण्डेशन मार्फत राहत, उद्दार तथा समन्वयकारी भूमिका निर्वाह गर्ने निर्णय गरेका छौं । यो विषम परिस्थितिमा कोही अभाव तथा संकटमा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ । विपतमा पर्नु भएकाहरुलाई सहयोग गर्न र समन्वयकारी भूमिका निर्वाह गर्न हामी तयार छौं ।
कुञ्जनाले उहाँहरुलाई सम्पर्कका लागि फोन नं ९८४१७२१४१४ र ९८४२६८६४०० कल गर्न सकिने बताउनु भएको छ ।





















