गोरखा समाचारदाता
गोरखा – बर्षाको पानी संगै पैदल नै हिँडेर बर्दिया र सुर्खेत जान लागेका मदजुरहरुको उद्वार गरिएको छ ।
सामुदायिक सेवा केन्द्र गोरखाले गोरखाको प्रहरी प्रशासन संग समन्वय गरी उनीहरुको उद्वार गरिदिएको हो ।
बिकास निर्माणको काममा गाउँ बसेका बर्दिया र सुर्खेतका ति मजदुरलाई सामुदायिक सेवा केन्द्रले प्रहरी र प्रशासनको समन्वयमा चितवन सम्म जाने सवारीको ब्यवस्था मिलाएको थियो । ‘हामीले उनीहरु हिडेरै सुर्खेत र बर्दिया जान लागेको जानकारी पाउना साथ प्रहरीको सहयोगमा उनीहरुलाई रोक्यौ र त्यस तर्फ जाने सवारीमा राखेर पठाएका हौ । यसमा प्रहरी र प्रशासन दुवैको सहयोग छ’ भन्छन सामुदायिक सेवा केन्द्र गोरखाका अध्यक्ष सुशिलबावु श्रेष्ठ ।
गोरखाबाट सुर्खेतका लागि पैदल नै जान हिडेका मजुदरहरु
केन्द्रले आईतबार र सोमबार गरी ३२ जनालाई सवारी मार्फत चितवन सम्म पठाई सकेको छ । मजदुरलाई बाटोमा खाजाको खानको लागि चाउचाउ, पानी र विस्कुटको ब्यवस्था समेत गरेर पठाएको केन्द्रले जानकारी दिएको छ ।
आईतबार सु्र्खेत जाने १३ जना र सोमबार बर्दिया जाने १९ जनालाई सवारीको ब्यवस्था गरी चितवन सम्म पठाएको थियो । केन्द्रले मंगलबार देखी जिल्ला बाहिर जान चाहने मजदुरलाई एकत्रित गरी सवारीको ब्यवस्था मिलाउने जनाएको छ ।
गोरखाबाट बर्दिया जान पैदल हिड्दै गरेका मजदुरहरु
हिडेर जान लागेका मजदुरलाई केन्द्रले निशुल्क आवास र खानाको ब्यवस्था मिलाउने र कामको पैसा दिने आश्वासन दिएको भएता पनि मजदुर नमानेर हिडेरै जान थाले पछि सवारीको ब्यवस्था गरेको हो ।
गोरखाबाट बर्दिया जान लागेका मजदुरहरुलाई गोरखा नगरपालिकाका उप मेयर बिनाकुमारी श्रेष्ठद्वारा पानी र विस्कुट किनेर दिदै























