गोरखा समाचारदाता
काठमाण्डौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोेरोना भाइरस संक्रमणको महामारीका बेला सरकारलाई बेमौसमी बाजा नबजाउन आग्रह दिएको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधनगरेपछि ट्विट गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बेमौसमी बाजा नबजचाउन आग्रह गरेका हुन् ।
उनले संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथी विजय हासिल गर्ने भएकाले मुलुकमा अन्य विषय गौण भएको उनको भनाइ छ ।
अहिले सम्पुर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि हुनुपर्ने शर्माको भनाइ छ ।




















