×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

मजदुरहरुको दुःख देख्न नसकेरै राहत वितरण गरेकी हुँ’ : करिश्मा मानन्धर

  •  
  • सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं– करिश्मा मानन्धरलाई नेपाली चलचित्र क्षेत्रकै सबैभन्दा सुन्दर अभिनेत्रीको रुपमा चिनिदै आएको छ । उहाँ रुपले जति सुन्दर हुनुहुन्छ, उहाँको मन पनि त्यति नै सुन्दर छ भन्ने कुरा देशमा आपत–विपत आउँदा प्रमाणित हुँदै आएको छ । यतिबेला विश्व नै कोरोना भाइरसको संक्रमणविरुद्ध लडिरहेको छ । त्यसबाट जोगिनका लागि नेपाल सरकारले पनि पछिल्लो २८ दिनदेखि लकडाउन गरिरहेको छ । लकडाउन बढ्दै गएपछि दैनिक मजदुरी गरेर खानु पर्ने वर्ग सबैभन्दा पीडित बनिरहेको छ ।

    ती मध्ये कतिपय मानिसहरु हिंडेरै काठमाडौं बाहिर लागे भने काठमाडौं बाहिर जान नसक्ने त्यस्ता ज्यालादारी मजदुरहरुको दैनिकी अति नै कष्टकर बन्दै गैरहेको छ । यी सबै परिस्थितिलाई अभिनेत्री मानन्धरले निकै नजिकैबाट नियालेको कुरा उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्त गर्नु भएको भावनाबाटै बुझ्न सकिन्छ । ज्यालादारी मजदुरहरुको दुःखलाई देख्न नसकेपछि उहाँले आफ्नो निवास वरपर बसोबास गर्ने त्यस्ता व्यक्तिहरुलाई आफ्नै निवास (गोदावरीको टौखेलस्थित गोदावरी भिलेज स्टुडियो–मानन्धर निवास) बाट आफैंले व्यवस्था गरेको राहत वितरण गर्नु भयो ।

    यद्यपि, शनिवार राहत लिनेहरुको संख्या बढेपछि स्थानिय वडा कार्यालयले राहतको प्रकृतिलाई परिवर्तन गर्न आग्रह गरेको छ । फलस्वरुप अभिनेत्री मानन्धरले राहत वितरणलाई बेग्लै तरिकाले सञ्चालन गर्ने योजना बनाउनु भएको छ । कुराकानी गर्दै अभिनेत्री मानन्धरले आफ्नो लकडाउन डायरीदेखि राहत वितरणसम्मको अनुभवलाई शेयर गर्नु भएको छ ।

    अभिनेत्री मानन्धरसंगको कुराकानीको सम्पादित अंश :

    लकडाउनको यो अवधिलाई कसरी सदुपयोग गर्दै हुनुहुन्छ ?
    यो लकडाउन मेरो जीवनकै पहिलो अनुभव हो । हुन त म मात्र होइन, प्रायः सबै मानिसहरुकै जीवनको पहिलो अनुभव हुनु पर्छ । हामीले कुनै एउटा संक्रमणबाट बच्नका लागि यसअघि कहिले पनि घर भित्रै थुनिएर बस्नु परेको थियो जस्तो लाग्दैन । त्यसैले मैले यसलाई हामी सबैको जीवनको पहिलो अनुभव भनेकी हुँ ।

    यो अवधिमा के–कस्ता कुरा अनुभव गर्नु भयो, छोटकरीमा भनिदिनुस् न ?
    लकडाउनलाई मैले चरणवद्ध रुपमा अनुभव गर्ने मौका पाएकी छु । सबैभन्दा अघिल्ला एक–दुई दिन त निकै अनौठो पनि लाग्यो । तेस्रो दिनदेखि मैले आफ्नै घर भित्र त्यस्ता चिजहरु देख्न थालें, जुन मैले व्यस्त भएका बेला देखेकै थिइन । व्यस्त दैनिकीको बेला पछि गरौंला…, फुर्सद भएपछि गरौंला…भनेर राखेका थुप्रै कामहरु रहेछन् । ती सबै देख्न थालें । त्यसपछि पालै–पालो ती कामहरु गर्न थालें, जुन महिनौंदेखि रोकिएका थिए । दराजका लुगा मिलाउनेदेखि बैठक कोठाको डेकोरेसन परिवर्तन कुरा पनि यसैमा परे । घरको सामान मिलाउनेदेखि बगैँचाको काम पनि यसमा परे ।

    ती कामहरु सकिएपछि तेस्रो चरणमा आएर घरमा के–के परिकारहरु बनाउने, के–के बनाउन सिक्ने भन्ने भयो । अहिले यूट्युब हेर्दै घरमा उपलब्ध सामग्रीहरु प्रयोग गरेर जे पनि पकाउन सकिन्छ । मैले पनि त्यस्तै केही परिकारहरु बनाउने कोशिस गरें । परिवारसंग मजाले बस्ने, खाने, रमाइलो गर्ने पनि गरें । घरमा बसेर धेरै खाएपछि मोटाउनु स्वभाविकै हो । चौथो चरणमा वर्कआउटमा ध्यान दिन थालें । म अहिले पनि प्रत्येक दिन घर–कम्पाउण्डमा बिहान–बेलुका नै दश–दश राउण्ड जगिङ गर्छु, मेडिटेसन गर्छु, योगा गर्छु । यो चाहिं मैले मात्र होइन, घरमा बस्नु भएका हरेक व्यक्तिले गर्नु पर्छ जस्तो लाग्छ ।

    यो बीचमा गर्नु भएको कुनै नौलो काम केही छ ?
    म भन्दै थिएँ…..योगा र मेडिटेसन अर्थात ध्यानले मानिसलाई निरोगी हुन सहयोग पुर्याउँछ । मेडिटेसन अन्तर्गत नै दिनमा दुईदेखि तीन घण्टासम्म नबोली बस्नु पर्छ अर्थात मौन ब्रत बस्नु पर्छ भनिएको छ । मैले त्यसो गर्ने पनि कोशिस गरिरहेकी छु । म हरेक दिन कम्तिमा दुई नभए तीन घण्टासम्म नबोली बस्न थालेकी छु । यो पनि एक प्रकारको मेडिटेसन नै हो । यो बेला बाहिरको मान्छेलार्य भेट्नु नपर्ने भएकाले जो कोही व्यक्तिले पनि सहजै केही घण्टाका लागि मौन ब्रत बस्न सक्छ जस्तो लाग्छ ।

    लकडाउनका सकारात्मक पक्षहरु के–के पाउनु भयो ?
    सबैभन्दा पहिलो कुरा त यसले महामारीबाट जोगाउँछ, त्यसैले कोही पनि घरबाट बाहिर निस्कनु हुँदैन भनिएको हो । यो महामारीबाट जोगिने एक मात्र भरपर्दो उपाय पनि हो । यसबाहेक लकडाउनको बेला मैले सोसल मिडियाको महत्व अझ बढी पाएँ । म ती सबै सोसल मिडियाहरुलाई धन्यवाद दिन चाहन्छु, किनभने तीनै मिडियाहरुका कारण हामीले सामाजिक दूरी कायम गर्न सकेका छौं । मानिसलाई सामाजिक दूरी कायम गराउनका लागि सोशल मिडियाको सबैभन्दा ठूलो भूमिका छ जस्तो लाग्छ । फेसबुक, ट्वीटर, इन्स्टाग्रँम, टीकटक, जूम जस्ता एपहरुले टाढा–टाढाको मानिसहरुलाई समेत सजिलै कनेक्ट गरादिएको छ, जसका कारण सामाजिक दूरीको नियम स्वतः पालना भएको छ ।

    लकडाउन र सिर्जनशीलताको सम्बन्धलाई कसरी केलाउनु हुन्छ ?
    मैले भन्नै लागेकी थिएँ । लकडाउनको झण्डै चार साता बित्न लागिसक्यो, मैले पनि यो अवधिलाई कसरी सिर्जनात्मक बनाउने होला भनेर सोच्न थालेकी छु । यो फुर्सदको समयलाई अझै रुचीकर कसरी बनाउने भनेर सोच्न थालेकी छु । मैले मात्र होइन, अरुहरुले पनि सोच्न थालेको पाएकी छु । मानिसहरु भित्र हजारौं प्रतिभाहरु हून्छन् । कतिपयले ती प्रतिभाहरुलाई बाहिर ल्याउन सकिरहनु भएको हुन्न ।

    अहिलेको यो फुर्सदको अवस्थामा त्यो प्रतिभालाई बाहिर निकाल्ने सही समय हो जस्तो लाग्छ । कसैलाई गायनमा रुची होला, कसैलाई चित्रकारिताको ज्ञान होला । यही फुर्सदको समयमा ती सबै भित्री प्रतिभाहरुलाई किन उजागर नगर्ने भन्ने पनि लागेको छ । किनभने अब भविष्यमा अहिलेको जस्तो फुर्सद कहिले पनि पाइँदैन जस्तो लाग्छ । त्यसैले म सबै जनालाई आफूमा भएको भित्री प्रतिभालाई सामाजिक सञ्जालकै माध्यमबाट भए पनि उजागर गरेर यो समयको सदुपयोग गर्न आग्रह गर्दछु ।

    यो अवधिमा विकृतीहरु पनि देख्नु भयो होला नि ?
    मानिसहरुलाई घर बाहिर हिंडिरहेको देख्छु । प्रहरीहरुसंग झडप भएको पनि देखिन्छ । काम बिना घरबाट बाहिर किन हिंडेको होला जस्तो लाग्छ । हुन त घरमा बस्दा–बस्दा मन नै एकोहोरो भएको हुन्छ । त्यो अवस्थामा घर बाहिर हिंड्न मन लाग्छ । तर, हाम्रै सुरक्षाका लागि बसेका प्रहरीहरु पनि त मान्छे नै हुन् ।

    उहाँहरु खानापिउन छाडेर एकनासले सडकमा उभिएर हाम्रै सेवा गरिरहनु भएको छ । उहाँहरुको पनि मानसिकता एक किसिमको भैरहेको हुनसक्छ । उहाँहरुलाई पनि दिक्क लागिरहेको हुनसक्छ । उहाँहरुको डिउटी निकै टफ छ । त्यस्तो बेलामा दुबै पक्षले संयमता अपनाइयो भने झपडको स्थिति नै आउँदैन । त्यो संयमता भन्ने कुरा त्यही योगा, मेडिटेसन, ध्यान आदिबाट आउने हो । त्यसैले मनभित्रको इरिटेसनलाई दवाएर संमयता अपनाउने हो ।

    हामी एउटै कोठाभित्र चौबिस घण्टा बिताउन बाध्य भएका छौं । त्यस्तो बेलामा परिवारका सदस्यबीच पनि मनमुटाव, वादविवाद हुनसक्छ । त्यसलाई योगा र मेडिटेसनबाटै सुल्झाउन सकिन्छ, केही घण्टाको मौन ब्रतले नै स्थितिलाई सहज बनाउन सकिन्छ ।

    यो महामारीबाट बच्न के गर्नु पर्ला ?
    कोरोना भाइरसको संक्रमण नै एउटा मान्छेबाट अर्कोमा फैलिने भएकाले यो रोग लागेपछि सबै सकिन्छ । यो रोगको आचरण नै त्यस्तै छ, फैलिने खानको छ । त्यसैले म प्रत्येक व्यक्तिलाई घरबाट बाहिर निस्कने कार्य बन्द गर्न आग्रह गर्दछु । यसको अहिलेसम्म कुनै पनि प्रकारको औषधि नभएकाले घर भित्र बस्नु नै एकमात्र उपाय हो भन्न चाहन्छु । घरायसी सामग्री, दैनिक चाहिने तरकारीहरु समेत एकै पटक हप्ता–दश दिनलाई पुग्ने किनेर ल्याउन सकियो भने प्रत्येक दिन घरबाट बाहिर जाने बाध्यताबाट पनि बच्न सकिन्छ ।

    अन्त्यमा, आफ्नो निवास वरपर बसेका मजदुरहरुलाई राहत उपलब्ध गराउने सोच चाहिं कसरी बनाउनु भयो ?

    लकडाउनले ज्यालादारी मजदुरहरुलाई गाह्रो परिरहेका समाचाहरु सोसल मिडियामै देखिरहेकी थिएँ । शहरमा टिक्न नसकेर पैदलै आफ्नो गाउँतर्फ जानेहरुको दुःखलाई पनि नजिकबाट नियालिरहेकी थिएँ । सरकारले राहत दिने त भन्यो तर त्यसका लागि नागरिकतादेखि धेरै प्रकारका कागजपत्र जुटाउनु पर्ने बाध्यता तथा त्यो जुटाउन नसक्नेले राहतबाट बञ्चित हुनु परेको पनि देखें ।

    ती सबै कुराहरु देखेपछि मैले ललितपुरको टौखेलस्थित आफ्नै निवास वरपर रहनु भएका, आफ्नो घर जान नसक्नु भएका मानिसहरुलाई आफ्नै पहलमा चामल, दाल, तेल, नुन, आलु, साबुन, अण्डासहितका खाद्य सामग्री खरिद गरी सहयोग गरेकी हुँ । करिव ६० जनालाई मैले राहत उपलब्ध गराएँ । तर, वडा कार्यालयले भिंंडभाड भयो भनेपछि अब भने म जसलाई राहतको अति आवश्यकता छ, उनीहरुलाई उनीहरु बसेकै ठाउँमा गएर राहतको प्याकेट उपलब्ध गराउने योजना बनाउँदै छु । यो सबै मैले मानवीय धर्म निर्वाह गर्नका लागि मात्र गरेकी हुँ । उनीहरुको दुःख र कष्ट हेर्न नसकेर मात्र गरेकी हुँ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.