काठमाडौं– प्रायः सधैं हाँसिखुशी रहनु पर्ने अभिनेत्री तथा फेशन डिजाइन क्षितिजा शाक्यको मूड लकडाउनको समयमा कस्तो होला ? कलाकर्मी डटकमको यही जिज्ञासामा क्षितिजाले जवाफ दिइन्- ‘म अहिले पनि उत्तिकै खुशी छु । खुशी नै भएर लकडाउनको अवधि बिताइरहेकी छु ।’ लकडाउन अगाडि काठमाडौं मलस्थित आफ्नो बुटिकमा व्यस्त रहने अभिनत्रेी शाक्य अहिले घरमा नै समय बिताईरहेकी छिन् ।
उनी अहिले घरमा विभिन्न परिकार बनाएर परिवारका सदस्यहरुलाई खुवाइरहेकी छिन् । अरु समयमा आफ्ना छोरा छोरीसंग त्यति समय बिताउन नपाउने भए पनि अहिले भने विहान उठेदेखि राति नसुतुञ्जेलसम्म आफ्नो परिवारसंगै समय बिताउन पाउँदा उनी यसलाई लकडाउनको सकारात्मक पक्ष भएको बताउँछिन् । अहिले उनी घरको काम छिट्टो छिट्टो सिध्याएर छोरा-छोरीसंग खेल्ने गर्छिन् ।
यति मात्र होइन यतिबेला टिकटक उनको अभिन्न अंग बनेको छ । हुन त उनी पहिलादेखि नै टिकटकप्रेमी सेलिब्ेटीको रुपमा स्थापित भैसकेकी छिन् ।उनी लकडाउनअघि पनि बुटिकका सहकर्मीहरुका साथमा टिकटक बनाउँथिन भने अहिले उनलाई टिकटकमा उनकै छोराछोरीले साथ दिँदैछन् । केही समय अगाडि आफ्नो जन्मदिन परेको तथा यो पटकको जन्मदिन उनका लागि विशेष भएको उनले महसुस गरिन् ।
‘यो पटक मैले अरु बेलाभन्दा मेरो जन्ददिन निकै भिन्दै रह्यो, क्षितिजा भन्छिन् -‘यो पटक लकडाउनले गर्दा हामी परिवारका सदस्य मात्रले जन्मदिन मनायौं । छोराले गिफ्ट प्याक गरेर मलाई दियो भने छोरीले केक बनाईन् । त्यसैले यो पटकको जन्मदिन मलाई विशेष लागेको हो ।’
‘आफ्नो सन्तानले गरेको यति धेरै मायाले त हरेकको जन्मदिन विशेष नै हुन्छ नि है ?’ अभिनेत्री शाक्यले सुनाइन् ।
क्षितिजा भन्छिन् -‘अहिलेको यो विषम परिस्थिति हाम्रो देशमा मात्र होइन, संसार भरी नै यस्तै स्थिति छ । त्यसैले यो स्थितिलाई दिक्क मानेर भन्दा घरमा आफ्नो परिवारसंग रमाइलो गरेर बिताउँदा सबैलाई रमाइलो पनि हुन्छ । लकडाउनको बेला घरबाट बाहिर निस्किने कुरा पनि भएन ।’ क्षितिजका सुझाव छ -‘अहिले सबैले आफ्नो घरमा बस्नु नै वुद्धिमानी हुन्छ । त्यसैले म सबैलाई घरमा सुरक्षित र खुशीसाथ बस्न अनुरोध गर्छु । आफु पनि सुरक्षित हौ र अरुलाई पनि सुरक्षित बनाऔं ।’


