बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर २ स्थित बानीयावार जोगीगाउँ निवासी २३ वर्षीया एक युवती बेपत्ता भएको एक महिनापछि भेटिएकी छिन्।
जिल्ला प्रहरी कार्यालय दैलेखको प्रहरी टोलीले उनलाई लोहोरे खोला नजिकै एक्लै हिँडिरहेको अवस्थामा फेला पारेको हो । उनी गत चैत्र १ गते आफ्नै घरबाट बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ । उनि घरबाटै हराएपछि परिवारले नभेटेपछि उनलाई दैलेख प्रहरीले वैशाख ४ गते फेला पारेको हो।
उनलाई दुई दिनसम्म बाल हेल्पलाइन १०९८, महिला बालबालिका सेवा केन्द्रमा आवासीय सुविधा सहित संरक्षणमा राखिएको बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले बताइन् । बर्दियामा रहेका उनका बुबा र मामा लगायत आफन्त दैलेख बोलाएर उनलाई परिवारको जिम्मा लगाइएको छ।




















