नायक नाजिर हुसेनले सरकारलाई कि खान दिंन या जान दिंन आग्रह गरेका छन् । नाजिरले सादा कागजमा ‘कि खान देऊ, कि जान देऊ’ लेखेर सामाजिक सञ्जालमा सेयर गरेका हुन् ।
कोरोना संक्रमणको डरले विश्वसँगै नेपालमा पनि लकडाउन भैरहेको छ । लकडाउन लम्बिंदा शहरमा कोठा गरी भाडामा बस्ने मानिसहरु गाउँ फर्किनेक्रम जारी छन् ।
पैदल यात्राबाट घर जानेहरुको दर्दनाक तस्बिरहरु सार्वजनिक भैरहंदा उनीहरुलाई सरकारले उचित तवरले गन्तव्य स्थलसम्म लैजानु पर्ने आवाज उठि रहेको छ ।
यही क्रममा नाजिरले पनि यस अभियानमा सहभागीता जनाएका हुन् । नाजिर पनि राजधानीमै लकडाउनको अवस्थामा छन् ।


