काठमाडौं- चलचित्र निर्देशक तथा सञ्चारकर्मी विशाल भण्डारीले फेसबुकमा एउटा स्टाटस लेख्दै प्रधानमन्त्रीसमक्ष गम्भिर आग्रह गरेका छन् । ‘प्रधानमन्त्रीज्यू अब अर्को सम्बोधन नगर्नुस्’ भन्दै निर्देशक भण्डारीले आफ्नो स्टाटसमा प्रधानमन्त्रीसमक्ष केही प्रश्नको उत्तर नभइ जनता सामु नआउनु आग्रह समेत गरेका छन् ।
उनले प्रधानमन्त्रीका लागि सोध्ने प्रश्नहरु बुँदागत रुपमै प्रस्तुत गरेका छन् । प्रधानमन्त्रीलाई उनले सोधेका प्रशनहरु यस्ता छन् :
-नेपालका बिभिन्न स्थानमा अलपत्र परेकालाई के गर्ने ?
-शहरमा धान्न नसकेर गाउ फर्कन्छु भन्ने सिमित आइ भएका जनतालाई के गर्ने ?
-शहरमा अलपत्र विद्यार्थी र वैदेशिक रोजगारमा निर्भर परिवारलाई के गर्ने ?
-दैनिक ज्यालादारीमा परिवार चलाउने मजदुरलाई के गर्ने ?
-बोर्डरमा आएर अलपत्र परेका नेपालीलाई के गर्ने ?
-विदेशमा अलपत्र पिआर-टिआर लिन नसकेका निम्न आए भएर मुस्किलले दैनिक गुजारा मात्र गर्दै आएका विद्यार्थीलाई के गर्ने ?
-बैंक लोनबाट चलेका महिनाभर कमाएर बल्ल तल्ल भ्ःक्ष् तिरेर घर चलाउँदै आएका साना उद्यमीलाई के गर्ने ?
-ठप्प निजी व्यवसाय र त्यसमा निर्भर लाखौं कामदारलाई के गर्ने ?
निर्देशक भण्डारीले अगाडि लेखेका छन् -‘यी त केवल मलाई याद भएका केही समस्या मात्र हुन् । समस्याको लर्को लामो छ । सरकारले सडकमा लाठीचार्ज बाहेक केही गरेको देखिएन ।’


