गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा आज १४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले आज (शुक्रबार) एकदिन १४ जनामा कोरोना देखिएको जनाएको हो । अब यो सहित नेपालमा कोरोना सङ्क्रमितको संख्या ३० पुगेको छ ।
उदयपुरमा १२ जना र चितवनमा २ जनामा का्ेरोना भेटिएको मन्त्रालयले पुष्टी गरेको हो ।




















