गोरखा समाचारदाता
काठमाण्डौं – विश्वभर कोरोना संक्रमितको संख्या २२ लाख नाघेको छ । संक्रमणबाट १ लाख ४८ हजार ६ सयभन्दा बढीको ज्यान गएको छ । ५ लाख ५८ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ६ लाख ७८ हजार नाघेको छ भने ३४ हजार ६ सयभन्दा बढीले ज्यान गुमाएका छन् । संक्रमित भएकामध्ये ५७ हजार ८ सयभन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् ।
कोरोनाका कारण इटालीमा २२ हजार १७० जनाको ज्यान गएको छ । इटालीमा १ लाख ६९ हजारभन्दा बढी संक्रमित भएका छन् । ती मध्ये ४० हजारभन्दा बढी उपचारपछि स्वस्थ भएका छन् ।
संक्रमणबाट स्पेनमा १९ हजार १ सयभन्दा बढीको ज्यान गएको छ । त्यहाँ १ लाख ८४ हजारभन्दा बढी संक्रमित भएका छन् । तीमध्ये ७४ हजार ८ सयभन्दा बढी उपचारपछि निको भएका छन् ।
संक्रमणबाट फ्रान्समा १७ हजार ९ सय र बेलायतमा १३ हजार ७ सयभन्दा बढीको ज्यान गएको छ ।
त्यसैगरी जर्मनीमा ४ हजार १ सय, नेदरल्याण्डमा ३ हजार ४ सय र बेल्जियममा ५ हजार १ सयभन्दा बढीको ज्यान गएको छ ।
इरानमा कोरोना संक्रमणबाट ४ हजार ९ सयभन्दा बढीको ज्यान गएको छ ।
त्यस्तै गरी भारतमा ४५२ जनाले ज्यान गुमाएको छ भने १३ हजार ८४५ जना संक्रमित भेटिएका छन । त्यस्तै गरी पाकिस्तानमा पनि १३५ जनाको ज्यान गएको छ भने ७ हजार भन्दा बढी संक्रमित देखिएका छन् ।




















