गोरखा समाचारदाता
काठमाण्डौं – सर्वोच्च अदालतले आफ्नो गन्तव्यमा जाने क्रममा अलपत्र परेका नागरिकहरुलाई तत्काल उनीहरुको घर पुर्याउन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश आनन्दमोहन भट्टराई र सपना मल्लको इजलासले शुक्रबार गरेको आदेशमा उनीहरूलाई घर पुर्याइदिन भनेको हो।
सर्वोच्चले विकल्पको अभावमा बाध्यतामा परी हाल काठमाडौं र अन्य शहरी क्षेत्रबाट आफ्नो गाउँतर्फ पैदल हिँडेकाहरुलाई सुरक्षित सुरुमा गन्तव्यमा पुर्याउनु राज्यको प्राथमिक दायित्व भएको बताएको छ ।
सरकारले घर हिँडेका मजदुरको हकहितमा ध्यान नदिएको भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणी शर्माले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।


