भाईरस (कोभिड–१९) सँग लड्ने शक्ति मिलोस भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले भगवानसँग प्रार्थना गरेका छन्। कैलालीको लम्कीचुहा अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कोरोनासँग लड्ने शक्ति माग्दै मन्दिरमा प्रार्थना गरेको फोटो सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको छ। सामाजिक अभियान्ता केपी खनालले चिकित्सक तथा स्वास्थ्यकर्मीले मन्दिरमा दर्शन गरेको फोटो फेसबुकमार्फत सार्वजनिक गरेका हुन्।
तस्बिर सार्वजनिक गर्दै उनले लेखेका छन्,’ हामी लम्मीचुुहा अस्पतालका स्वस्थकर्मीहरुको टोली क्वारेन्टाईनमा रहेका नागरिकलाई भेट्दै हनुमान मन्दिर दर्शन गर्दै विश्वलाई कोरोना विरुद्व लड्ने शक्ति मिलोस भन्दै कामना गरेका थियौं।’
लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाले क्वारेन्टाईनमा बसेकाहरुको स्वास्थ्य परिक्षणका लागि जाने क्रममा मन्दिरमा दर्शन गरिएको बताए। डाक्टर तिमिल्सिनाले हिन्दु आस्था अनुसार आफूहरुले पनि विश्व समुदायलाई नै कोरोनासँग लड्न सक्ने क्षमता मिलोस भन्ने भगवानसँग प्रार्थना गरेको बताए।


