गोरखा समाचारदाता
काठमाण्डौं – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १५ लाख १८ हजार नाघेको छ । ३ लाख ३० हजार ५ सय भन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।
अहिलेसम्म संक्रमणका कारण ८८ हजार ५ सयभन्दा बढीको ज्यान गईसकेको छ ।
संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १४ हजार ७ सय भन्दा बढीको ज्यान गएको छ । त्यहाँ संक्रमितको संख्या ४ लाख ३५ हजार १ सय नाघेको छ ।
युरोपमा पनि उस्तै अवस्था छ । इटलीमा १७ हजार ६ सय, स्पेनमा १४ हजार ७ र फ्रान्समा १० हजार ८ सयभन्दा बढीको ज्यान गएको छ ।
त्यसैगरी बेलायतमा ७ हजार, जर्मनीमा २ हजार ३ सय, नेदरल्याण्डमा २ हजार २ सय र बेल्जियममा २ हजार २ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।
इरानमा कोरोना संक्रमणबाट करिव ४ हजार मानिसको ज्यान गएको छ ।
दक्षिण एसियाली मुलुक भारतमा संक्रमितको संख्या ५ हजार ९ सय नाघेको छ भने १७८ जनाको ज्यान गएको छ ।
पाकिस्तानमा ४ हजार २ सय जना संक्रमित रहेका छन् भने ६१ जनाको ज्यान गएको छ ।


