गोरखा समाचारदाता
काठमाण्डौं – सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले कोरोना भाइरसको महामारीविरुद्धको अभियानका लागि एक अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छन् ।
डोर्सीले आफ्नो कुल सम्पत्तिको २८ प्रतिशत रकम संक्रमण रोक्न सहयोग गर्ने घोषणा गरेका हुन ।
उनले संक्रमण बढदो क्रममा रहेको भन्दै यसलाई रोक्न जरुरी भएको पनि उल्लेख गरेका छन ।
सहयोग रकम कहाँ कसरी जानेछ भन्ने डोर्सीले खुलाएका छैनन् ।
कोरोना भाइरसका कारण विश्वभर ८३ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ भने १४ लाखभन्दा बढी संक्रमित भएका छन् ।
संक्रमण बढ्दै जाँदा संक्रमण विरुद्धका स्वास्थ्य उपकरणको अभाव भइरहेको छ ।
यसअघि ई–कमर्स कम्पनी अलिबाबाका सहसंस्थापक ज्याक माले पनि विभिन्न मुलुकलाई स्वास्थ्य उपकरण र आवश्यक राहत सामग्री उपलब्ध गराएका थिए ।




















