एजेन्सी – ब्राजिलका स्टार फुटबल खेलाडी रोनाल्डिन्हो जेलमुक्त भएका छन् ।
नक्कली पासपोर्ट बोकेर अर्को देशमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा ६ महिना जेल सजाय घोषणा गरिएका रोनाल्डिन्हो ३२ दिनमै रिहा भएका हुन् ।
मुद्दाको फैसला नभएसम्म होटेलमा बस्न सक्ने गरी उनलाई जेलमुक्त गरिएको बताइएको छ ।
रोनाल्डिन्होसँगै उनका दाई रोबर्टोलाई १ महिना अघि पाराग्वेको एक होटलबाट पक्राउ गरिएको थियो ।
तारेखमा रिहा हुनका लागि १.६ मिलियन डलर तिर्न नसकेपछि दुबैलाई जेल सजाय भएको थियो ।
४० वर्षीय रोनाल्डिन्होले २०१५ मा फुटबलबाट सन्यास लिएका थिए ।
ब्राजिलले २००२ मा विश्वकप जित्दा उनी राष्ट्रिय टोलीका महत्वपुर्ण सदस्य थिए ।
फिफा प्लेयर अफ दि इयर, बालोन डी’ओर जस्ता उपाधि जितेका रोनाल्डिन्होले बार्सिलोना, एसी मिलान लगायतका क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए ।



