गोरखा समाचारदाता
गोरखा – नोबल कोरोना भाइरस (कोडिभ–१९)ले विश्व नै आक्रान्त भई रहेको बेला गोरखाको एउटा गाउँमा भने गाउँले जम्मा भएर शान्तिहोम सम्पन्न गरेको छ ।
संक्रमणलाई दैवि शक्तिको आराधनाका माध्यामले परास्त गर्न भन्दै गाउँलेहरुले मन्दिरमा वेदपाठका साथै शान्तिहोम सम्पन्न गरेको हो ।
आरुघाट गाउँपालिकाको ८ को सितला माईको मन्दिरमा वर्तमान अबस्थामा बिश्व समुदाय महामारीको रुपमा फैलिएको नोबल कोरोना भाईरस (कोभिड–१९) ले आक्रान्त भैरहेको परिवेशमा दैविक शक्तिको आराधनाका माध्यमले महामारीको चपेटा बाट केही हद सम्म भएपनि बच्ने र बचाउने ध्येयका वेदपाठ र शान्तिहोम गरिएको पूर्व आरुपोखरी गाउँ बिकास समितिका अध्यक्ष ईश्वर अधिकारीले बताए ।
स्थानिय गाउँलेहरुको प्रयासमा मन्दिरमा पण्डित, बुद्धिजीवी र भद्रभलादमी जम्मा पारी सामाजिक दुरी कायम गरी बिश्व शान्तिको कामना गर्दै बेदपाठका साथै शान्तिहोम सम्पन्न गरिएको दरर्बार उच्च माविका पुर्व प्रअ दिर्घमान श्रेष्ठले बताए ।
शान्तिहोममा ६० जना भन्दा बढीको उपस्थिती रहेको थियो ।


