गोरखा समाचारदाता
काठमाण्डौं – विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या १४ लाख नाघेको छ ।
भाइरसका कारण अहिले सम्म ८२ हजार भन्दा बढी मानिसको ज्यान गएको छ । ३ लाख २ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।
अमेरिकामा मात्रै संक्रमितको संख्या ४ लाख ४ सय नाघेको छ भने १२ हजार ८५४ जनाको ज्यान गइसकेको छ ।
यसैगरी, इटलीमा संक्रमित हुनेको संख्या १ लाख ३५ हजार ५ सय नाघेको छ । त्यहाँ १७ हजार १२७ जनाको ज्यान गइसकेको छ ।
स्पेनमा संक्रमितको संख्या १ लाख ४१ हजार ९ सय नाघेको छ । त्यहाँ १४ हजार ४५ जनाको ज्यान गइसकेको छ ।
जर्मनीमा संक्रमितको संख्या १ लाख ७ हजार ६ सय नाघेको छ भने करिब २ हजार १६ जनाको ज्यान गएको छ ।
फ्रान्समा संक्रमितको संख्या १ लाख ९ हजार नाघेको छ भने ज्यान गुमाउनेको संख्या १० हजार ३२८ पुगेको छ ।
इरानमा संक्रमितको संख्या ६२ हजार ५ सयभन्दा बढी पुगेको छ भने ३ हजार ८७२ जनाको ज्यान गइसकेको छ ।
बेलायतमा पनि संक्रमण फैँलदो क्रममा रहेको छ । त्यहाँ ५५ हजार २ सय भन्दा बढी मानिसहरुलाई संक्रमण देखिएको छ भने ६ हजार १५९ जनाको ज्यान गइसकेको छ ।
दक्षिण एसियाली राष्ट्रहरुमा समेत संक्रमितको संख्या बढ्दो छ । भारमा सक्रमितहरुको संख्या ५ हजार ३ सय नाघि सकेको छ भने १६० जनाले ज्यान गुमाएकाछन् ।
त्यस्तै गरी पाकिस्तानमा संक्रमितको संख्या ४ हजार नाघेको छ भने ५७ जनाले ज्यान गुमाएका छन् ।
नेपालमा भने अहिले सम्म १ हजार ६५६ जनामा नोबल कोरोना भाइरस ९कोडिभ–१९० को परिक्षण गर्दा ९ जनामा संक्रमण देखिएको छ । जस मध्ये १ जना निको भएर घर फर्किसेकको छ भने बाँकी ८ जनाको सफल उपचार भई रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


