काठमाडौं- अभिनेत्री तथा मोडल सुष्मा अधिकारीले कोरोना भाइरस संक्रमण, लकडाउन तथा सरकारको तयारीलाई लक्षित गर्दै एउटा ट्वीट गरेकी छिन् ।
अभिनेत्री अधिकारीले सोमबार दिउँसो एउटा ट्वीट गर्दै भनेकी छिन्- ‘भारतबाट दिन दिनै हजारौं मान्छे अवैध तरिकाले नेपाल भित्रिउञ्जेल र टोल–टोलमा गएर शंकास्पद सबैको टेस्ट नगरुञ्जेल लकडाउन एक वर्ष नै गरेपनि केही हुनेवाला छैन ।’
सरकारले तेस्रो पटक पुनः एक हप्ताका लागि लकडाउनको अवधि बढाउने घोषणा गर्नै लाग्दा यी अभिनेत्रीले यस्तो ट्वीट गरेकी हुन् । अभिनेत्री अधिकारीले थोरै शब्दमा गहिरो कुरा गरेको सहजै अनुमान लगाउन सकिन्छ ।



