काठमाडौं– कोरोना भाइरसको सन्त्रासका कारण यति बेला हामी सबै घर घरमै बस्न बाध्य भएका छौं । सबै मानिसहरु घरमा बसेपछि सडक सडक चहार्ने कुकुरसहितका जनावर तथा स्वतन्त्र भएर विचरण गर्ने पंक्षीहरु यतिबेला संकटमा परेका छन् ।
पशुपंक्षीलाई कोरोनाको डर नभए पनि मानिसहरु घर घरमै बसेपछि उनीहरुको खाने पिउने आधार नै बन्द हुने क्रममा छ । यसैबीच लोकप्रिय गायिका तथा माननीय सांसद कोमल ओलीले ट्वीटरमार्फत सामाजिक सन्देश फैलिने तस्विर तथा सन्देश दिनु भएको छ ।
मंगलबार कुकुरहरुलाई खाना खुवाइरहेको तस्विरसहितको सन्देशमा उहाँले भन्नु भएको छ -‘पशुपंक्षीको जीवन पनि हाम्रो जतिकै महत्वपुर्ण हो । काठमाडौंका विभिन्न ठाउँमा बेवारिसे अवस्थामा रहेका कुकुरहरुलाई खाना खुवायौं ।
यहाँहरुले पनि चराहरुका लागि आफ्नो छतमा र वरिपरि कुकुरहरु छन्भने गेट बाहिर निश्चित ठाउँहरुमा खानाहरु,पानी राखीदिंदा कसैले ज्यान गुमाउनु पर्दैनथ्यो ।’ कोमल ओलीले भन्नु भए जस्तै हामीले आजैदेखि पशुपंक्षी र चराचुरुगीका बारेमा पनि सोच्ने कि ?
पशुपंक्षीकाे जीवन पनि हाम्राे जतिकै महत्वपुर्ण हाे ! काठमाडौंका वभिन्न ठाउँमा बेवारिसे अवस्थामा रहेका कुकुरहरुलाई खाना खुवायाैं ! यहाँहरुले पनि चराहरुका लागि आफ्नाे छतमा र वरिपरि कुकुरहरु छन्भने गेट बाहिर निश्चित ठाउँहरुमा खानाहरु,पानी राखीदिंदा कसैले ज्यान गुमाउनु पर्दैनथ्याे ! pic.twitter.com/LrIhdi1nuk
— Komal Oli (@OliKomal) April 7, 2020


