गोरखा समाचारदाता
काठमाण्डौं – सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते सम्म बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरस संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आजको बैठकले बैशाख ३ गते सम्म गरिएको उडान स्थगितको समय थप १५ दिन लम्ब्याउने निर्णय गरेको हो ।
बैशाख ३ गतेसम्म स्थगित गरिएको आन्तरिक उडानका विषयमा भने बैठकले कुनै निर्णय गरेको छैन ।
बैठकले संक्रमणको उच्च जोखिम भएका जिल्लाहरुमा रयापिड किट मार्फत परीक्षणलाई बढाउने निर्णय पनि गरेको छ ।
कैलाली, कञ्चनपुर र बाग्लुङमा आरडिटी पद्धतीबाट सिघ्र परिक्षण गर्ने र त्यसबाट पोजेटिभ देखिए पिसिआर मेसिनबाट परीक्षण गर्ने निर्णय भएको हो ।
संक्रमणको बढी सम्भावना भएका जिल्लाहरु डोटी, अछाम, जुम्लामा पनि सघन रुपमा परीक्षणलाई अगाडि बढाउने निर्णय समितिले गरेको छ ।
बैठकले खाद्य वस्तुको आपूर्तिलाई स्वभाविक राख्ने, आवागमनमा कडाई र आपूर्ति नियमित गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा अत्यावश्यक स्वास्थ्य सामाग्री जि टु जि मार्फत नै खरिद अघि बढाउने र त्यसका लागि विदेशमा रहेका कुटनीतिक नियोगसँग समेत समन्वय गर्ने विषयमा कुराकानी भएको छ ।
बैठकमा लकडाउन कार्यान्वयनका लागि भएका कामहरुको विषयमा समेत समिक्षा भएको छ ।


