एजेन्सी – दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणबाट निको भएकामा फेरि संक्रमण देखिएको छ ।
रोग निको भइसकेका ५१ जनामा फेरि उक्त भाइरसको संक्रमण भेटिएको हो । यसले भाइरसबिरुद्धको लडाइमा चुनौती थपेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बिरामीमा नयाँ भाइरसको संक्रमणभन्दा पनि शरीरमा पहिला नै रहेका भाइरस पुनजागृत भएको दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ ।
संक्रमित सबैलाई दाइगुस्थित क्वारेन्टाइनमा राखिएको छ । दाइगु भाइरसबाट सबैभन्दा बढी प्रभावित कोरियाली शहर हो । दक्षिण कोरियामा दश हजारमा कोरोना संक्रमण देखिएको छ भने १ सय ९२ को मृत्यु भइसकेको छ ।


