गोरखा समाचारदाता
पोखरा – गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले मुलुकमा हुने लैङ्गिक हिंसा अन्त्यका लागि कानून, नीति र कार्यक्रम प्रभावकारी कार्यान्वय आवश्यक रहेको बताईन ।
सामुदायिक वन उपभोक्ता महासंघ कास्कीद्धारा पर्यटकीय स्थल काहुँडाँडामा आयोजित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रममा बोल्दै उनले सवै खाले हिंसाको अन्त्यका लागि घरघरबाट अभियान शुरु गर्नु पर्ने आवश्यकता औल्याएका थिए ।
देशको विकट तथा दुरदराजका महिलाले अहिले पनि परिवर्तनको महसुस गर्न नपाएकोे भन्दै उनले महिलाहरु धार्मिक, आर्थिक, राजनितीक एवम् सामाजिकरुपमा असुरक्षित रहेको बताईन ।
महासंघ जिल्ला अध्यक्ष विश्वनाथ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा पोखरा ११ का अध्यक्ष हर्कमान विश्वकर्मा, प्रदेश सचिवालय सदस्य दिनेश श्रेष्ठ, जिल्ला उपाध्यक्ष चुडामणी अधिकारी, महासंघका महानगर अध्यक्ष कमलमणी त्रिपाठी, सचिव पार्वती अधिकारी, जमुना बास्तोला र खेमराज आचार्य लगायतले बोलेका थिए ।




















