गोरखा समाचारदाता
गोरखा – प्रथम बारपाक सुलिकोट रनिङ शिल्ड प्रतियोगिताको उपाधी शैलपुत्री मावि पाँचखुवा देउरालीले जितेको छ ।
शैलपुत्रीले १२ स्वर्ण, १ रजत र ४ कास्य सहित १७ पदक पाएको हो । यसै गरी १६ पदक सहित सूर्य ज्योति मावि ताकुकोट दोश्रो भएको छ । सूय ज्योतिले ७ स्वर्ण ४ रजत र ५ कास्य जितेको छ ।
हिमालय मावि सौरपानीले १३ पदक जित्दै तेश्रो स्थान हासिल गरेको छ । हिमालयले २ स्वर्ण, ५ रजत र ६ कास्य पाएको छ ।
प्रतियोगितामा बारपाक सुलिकोट गाउँपालिका भित्रका १० विद्यालयको सहभागीता रहेको थियो । प्रथम, द्धितिय र तृतिय हुने विद्यालयलाई क्रमश ३० हजार २० हजार १० हजार पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगितामा शैलपुत्री माविका सरोज भट्ट र सूर्य ज्योति माविकी भीमकुमारी बराम उत्कृष्ट खेलाडी घोषित भएका छन् । यसैगरी भलिबल तर्फ माझथर माबिका निरज गुरुङ र सिद्धार्थ माविकी सोनिया गुरुङ उत्कृष्ट भएका छन् ।
त्यस्तै कवडी तर्फ भव गुरुङ र पवित्रा गुरुङ उत्कृष्ट भएको बारपाक सुलिकोट गाउँपालिकाले जानकारी दिएको छ ।
२० गते देखि सुरु भएको प्रतियोगिता आइतबार सकिएको छ । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्ट, उपाध्यक्ष सनमायाँ गुरुङ, खेलकुद संयोजक कृष्ण गुरुङ, प्रमुख प्रशासयिक अधिकृत गौतम भण्डारी लगायतले बिजेता विद्यार्थी एवं विद्यालयलाई पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
सोही अबसरमा बारपाक सुलिकोट भित्रका उत्कृष्ट ८ शिक्षक र विभिन्न विद्यालयका उत्कृष्ट विद्यार्थीलाई समेत गरिएको थियो ।




















