गाेरखा । नेपाल राष्ट्र बैङ्कले आज बुधबारकाे लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो १ को खरिददर १७३ रुपैयाँ १७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८४ पैसा, युके पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ७५ पैसा, स्विस फ्र्याङ्क १ को खरिददर १८५ रुपैयाँ २४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर १ को खरिददर १०७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३३ पैसा, सिङ्गापुर डलर १ को खरिददर १२० रुपैयाँ ४४ पैसा र बिक्रीदर १२० रुपैयाँ ९१ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७७ पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ९७ पैसा र बिक्रीदर २३ रुपैयाँ ६ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ४१ रुपैयाँ २ पैसा र बिक्रीदर ४१ रुपैयाँ १८ पैसा, कतारी रियाल १ को खरिददर ४२ रुपैयाँ २४ पैसा र बिक्रीदर ४२ रुपैयाँ ४१ पैसा कायम भएको छ ।
थाई भाट १ को खरिददर ४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४ रुपैयाँ ६० पैसा, युएई दिराम १ को खरिददर ४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४२ रुपैयाँ ९ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ५० पैसा र बिक्रीदर ११ रुपैयाँ ५५ पैसा, स्विडिस क्रोनर १ को खरिददर १५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर १ को खरिददर २३ रुपैयाँ १७ पैसा र बिक्रीदर २३ रुपैयाँ २६ पैसा तोकिएको छ ।
बैङ्कले हङकङ डलर १ को खरिददर १९ रुपैयाँ ६२ पैसा र बिक्रीदर १९ रुपैयाँ ७० पैसा, कुवेती दिनार १ को खरिददर ४९९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ६४ पैसा, बहराइन दिनार १ को खरिददर ४०८ रुपैयाँ ४१ पैसा बिक्रीदर ४१० रुपैयाँ, ओमनी रियाल १ को खरिददर ३९९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ५१ पैसा र भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।


