गाेरखा । साताकाे पहिलाे दिन नेपाली बजारमा सुन र चाँदीकाे मूल्य घटेकाे छ ।
सुन ताेलामा २ हजार ९०० रुपैयाँले घटेर तोलाकाे २ लाख ९१ हजार ९०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन गएकाे शुक्रबार ताेलाकाे २ लाख ९४ हजार ८०० रुपैयाँमा नै काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य संगै चाँदीकाे मूल्य पनि घटेकाे छ । चाँदी ताेलामा ६० रुपैयाँले घटेर ताेलाकाे ४ हजार ३९० रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी गएकाे शुक्रबार प्रतितोला ४ हजार ४५० रुपैयाँमा नै काराेबार भएको थियाे ।


